बागमती प्रदेशका सञ्चार रजिष्ट्रार रेवती सापकोटाले लिए दोस्रो कार्यकालका लागि शपथ

आइतबार, वैशाख ३, २०८०

हेटौडा । बागमती प्रदेश सञ्चार रजिष्ट्रारमा दोस्रो कार्यकालका नियुक्त भएका रेवतीप्रसाद सापकोटोले आइतबार पद तथा गोपनियताको शपथ लिएका छन् । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठसमक्ष उनले शपथ लिएका हुन् । सापकोटालाई बागमती प्रदेश सरकारले केही दिन अघि चार बर्षका लागि प्रदेशका सञ्चार रजिष्ट्रारमा नियुक्त गरेकाे थियाे ।  
आन्तरिक मामिला तथा कानुनमन्त्री समक्ष शपथ लिएपछि उनले आफूलाई बधाई तथा शुभकामना दिने प्रति हार्दिक आभार व्यक्त गरेका छन् ।
"तत्कालीन आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले सञ्चार रजिष्ट्रारको रुपमा चार बर्ष अगाडि पदबहाली गराउँदा मसँग प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन २०७५ थियो, नियमावली थिएन, कार्यालय थिएन, कर्मचारी थिएनन्, सेवाग्राही हुने कुरै भएन, सञ्चार क्षेत्रबाट राजस्व संकलन हुन्छ भन्ने थाहा नै थिएन, प्रदेश सरकारको क्षेत्राधिकारका फाइल संघीय सरकारमा थिए", उनले भनेका छन् ।
"चार बर्षका लागि अहिले माननीय आन्तरिक मामिला तथा कानून मन्त्री गंगा नारायण श्रेष्ठज्यू समक्ष सपथ लिइरहँदा ऐन तीन पटक र नियमावली चार पटक संशोधन भइसकेको छ । पुन: अर्को संशोधन गर्ने तयारी हुँदैछ । एफएम रेडियो, केवलमा आधारित टेलिभिजन, अनलाइन सञ्चार माध्यम, परिचयपत्र प्राप्त गर्ने पत्रकार, लेखनबृत्ति प्राप्त गर्ने पत्रकार, तालिम प्राप्त गर्ने पत्रकार तथा प्राविधिकसहित झण्डै १५ सय सेवाग्राही प्रत्यक्ष सञ्चार रजिष्ट्रारको कार्यालयसँग जोडिएका छन् । मन्त्रालयको आर्थिक सहयोगमा गरिएको कोभिड बिमामा (९४५ जना) र चालु आर्थिक बर्षको दुर्घटना बिमामा (१५८४जना) पत्रकार बागमती प्रदेशसँग जोडिएका छन्", उनले भनेका छन् ।  
"सेवाग्राहीलाई सेवा दिने, प्रदेश र संघीय सरकारसँग समन्वय गर्ने काम हेटौडा र काठमाडौ उपत्यका कार्यालयबाट भइरहेको छ । प्रदेश सरकारका लागि बार्षिक एक करोड भन्दा बढी राजस्व संकलन गर्ने तथा एफ,एम रेडियो, केवलमा आधारित टेलिभिजन र अनलाइन सञ्चार माध्यमलाई लोककल्याणकारी बिज्ञापन उपलब्ध गराउने कार्यालयको रुपमा स्थापित भएको छ", उनले भनेका छन् ।

Re1681650269.jpg
"बागमती प्रदेश सरकारले गर्व गर्न सक्ने, संघीय सरकारले सुन्नु पर्ने र अन्य प्रदेशले सिक्नु पर्ने कार्यालय बनेको छ । आगामी चार बर्षे कार्यकालमा अघिल्लो अवधिमा भएका कामलाई थप संस्थागत गर्ने, संघीय सरकारबाट फाइल हस्तान्तरण गर्न प्रशासनिक पहल गर्ने, प्रदेश औद्योगिक व्यवसाय ऐन २०७६ ले दिएका थप जिम्मेवारीमा अधिक्तम काम गर्ने र प्रदेश सरकारले दिएका अन्य जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । एउटा पत्रकारको सबै भन्दा ठूला न्यायधिश उसले लेखेका समाचार पढने पाठक,सुन्ने स्रोता र हेर्ने दर्शक हुन भन्ने तथ्यलाई आत्मसाथ गरेको हुनाले बोलीमा होइन, कर्ममा बिश्वास गर्दछु । हाम्रो कार्यालयबाट सेवा प्राप्त गर्ने सेवाग्राही नै हाम्रो मूल्यांकनकर्ता न्यायधिश हुनेछन्", उनले भनेका छन् ।  

Rewat1681650315.jpg
सापकोटाले फेसबुकमा लेखेको छन्, "मलाई सञ्चार रजिष्ट्रारको जिम्मेवारी दिनु हुने माननीय आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठज्यू, माननीय मुख्यमन्त्री शालिकराम जम्कट्टेलज्यूसहित बागमती प्रदेशको मन्त्रिपरिषदका सबै मन्त्रीज्यूहरु, प्रमुख सचिवज्यू, सचिवज्यू, मलाई सहयोग गर्ने कार्यालय र मन्त्रालयका कर्मचारी प्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछु ।"

sanchar1681650287.jpg

प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८०  १८:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार