व्यवसायको प्रकृति हेरी पाँचदेखि १० लाख ऋण उपलव्ध हुने

उद्यमीलाई गोदावरी नगरपालिकाको बिना ब्याजको ऋण

एन आई सी एसिया बैंक लिमिटेडसँग गाेदावरी नगरपालिकाकाे साझेदारी
आइतबार, वैशाख ३, २०८०

 ललितपुर । गोदावरी नगरपालिकाले व्यवसाय गर्न चाहने नगरभित्रका स्थायी बासिन्दालाई  बिना ब्याजको ऋण उपलब्ध गराएको छ ।
व्यवसाय गरेको एक वर्ष पूरा गरेका व्यवसायीलाई व्यवसायको प्रकृति हेरी पाँचदेखि १० लाख बिना ब्याजको ऋण एनआइसी एसिया बैंकबाट उपलब्ध गराउने नगरपालिकाले जनाएको छ । ऋणको ब्याज बापतको रकम बैंकलाई नगरपालिकाले तिर्ने व्यवस्था मिलाएको छ । ऋण लिनका लागि धितो राख्नुपर्छ । ऋण उपलब्ध गराउने सम्बन्धी समझादारी पत्रमा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र एनआइसी एसिया बैंकका प्रमुख अर्जुन खनियाँले हस्ताक्षर गरेका छन् ।

WhatsApp Image 2023-04-16 at 16.25.441681642911.jpeg
व्यवसाय प्रवद्र्धनका लागि लिएको ऋण रकम तीन वर्षभित्र बैंकलाई भुक्तानी गर्नुपर्ने समझदारी पत्रमा उल्लेख छ । गोदावरी नगरपालिकाले  गरेको सिफारिसका आधारमा ऋण दिइने नगरप्रमुख गजेन्द्र महर्जनले बताए । उनले भने, ‘रोजगारी सिर्जना गर्नका लागि यो अवधारणा ल्याएका हौं, हाम्रो यो कार्यक्रमले आफ्नै भूमिमा केही गरौं भन्नेलाई प्रोत्साहित गर्छ ।’ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रवीण कोइरालाले व्यवसायीलाई नगरपालिकाको यो कार्यक्रमले प्रोत्साहित गर्ने बताए । उनले भने, ‘व्यवसायीलाई सबैभन्दा ठूलो सुविधा भनेको ब्याज नगरपालिकाले तिर्छ ।’ कृषि र पशुपालनव्यवसायलाई प्राथमिकता दिइएको उनले बताए ।
स्थानीय सरकारसँग सहकार्य गर्न पाएकोमा खुशी लागेको बैंकका प्रमुख अर्जुन खनियाँले प्रतिक्रिया दिएका छन् । उनले युवालाई उद्यमी बनाउने अभियानमा सहभागी हुने वातावरण सिर्जना गरिदिएकोमा गोदावरी नगरपालिकालाई धन्यवाद पनि दिएका छन् ।
ऋण लिनका लागि गोदावरी नगरपालिकाले आह्वान गरे बमोजिम तोकिएको ढाँचामा निवदेन दिनुपर्छ । निवेदनका आधार नगरपालिकाले स्थलगत अनुगमन गरेपछि दिएको सिफारिसपछि आवश्यक प्रत्रिmया पूरा गरेर ऋण प्राप्त  हुन्छ ।

प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८०  १६:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार