नयाँ वर्षको पहिलाे कारोबार दिनमै झिनो अङ्कले घट्यो नेप्से परिसूचक

आइतबार, वैशाख ३, २०८०

काठमाडौँ ।  नयाँ वर्ष २०८० को पहिलो कारोबार दिन सेयर बजारमा सामान्य गिरावट भएको छ । दिनभर उतारचढाव देखिएको बजार परिसूचक नेप्से आइतबार २.८० अंकले गिरावट हुँदा १९३१.६८ अंकमा बन्द भएको छ ।
होटल तथा पर्यटन र बीमा उपसूचक सहित बैंकिङ उपसूचकमा पनि सामान्य वृद्धि हुँदा पनि अधिकांश उपसूचकमा गिरावट हुँदा नेप्से पनि ओरालो लागेको हो । पर्यटन क्षेत्रमा सकारात्मक बन्दै जाँदा होटल तथा पर्यटन क्षेत्रका कम्पनीमा लगानीकर्ताको आकर्षण देखिएको छ । आइतबार होटल तथा पर्यटन उपसूचक ४.६५ प्रतिशतले वृद्धि भएको छ ।
यस्तै निर्जीवन बीमा उपसूचक ०.२२ प्रतिशत, जीवन बीमा उपसूचक ०.०९ प्रतिशत र बैंकिङ उपसूचक ०.०१ प्रतिशतले वृद्धि भएको छ । व्पापार उपसूचक ०.९८ प्रतिशतले गिरावट हुँदा लघुवित्त उपसूचक ०.६६ प्रतिशत, उत्पादनमूलक उपसूचक ०.५६ प्रतिशत र हाइड्रोपावर उपसूचक ०.५८ प्रतिशतले वृद्धि भएको छ ।
गत बुधबार करिब २ अर्ब र बिहीबार पनि डेढ अर्ब माथिको कारोबार भएको बजारमा आइतबार भने कारोबार रकम १ अर्ब पनि पुग्न सकेन । आइतबार नेप्सेमा ३३ हजार १४९ वटा कारोबारमा ३० लाख ५६ हजार ७७५ कित्ता सूचीकृत धितोपत्र खरिद बिक्री हुँदा ९७ करोड ४६ लाख रुपैयाँको कारोबार भएको छ ।
ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शुन्य दशमलव २६ अङ्कले ओरालो लागेर तीन सय ६७ दशमलव ७३ मा सिमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये चार उपसमूहको शेयर मूल्यमा बृद्धि हुँदा नौ उपसमूहको शेयर मूल्यमा भने बृद्धि भएको छ ।
कारोबार भएका ७० कम्पनीको शेयर मूल्यमा वृद्धि हुँदा एक सय ३९ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ । कूल ३० लाख ५६ हजार सात सय ७५ कित्ता शेयर रु ९७ करोड ४५ लाख ९९ हजार ६१ मूल्यमा खरिद बिक्री भएका छन् ।
कारोबार रकमका आधारमा सोल्टी होटल शीर्ष स्थानमा रह््यो । सो कम्पनीको रु चीन करोड ८९ लाख चार हजार चार सय नौ मूल्य बराबरको शेयर खरिद बिक्री भए ।
एनआइसी  एशिया बैंक रु तीन करोड ६४ लाख ९८ हजार सात सय ५०, शिवम् सिमेन्ट रु तीन करोड १७ लाख २० हजार सात सय सात,हिमालयन डिस्टिलरी रु दुई करोड ७९ लाख ९४ हजार चार सय ५५ र सगरमाथा जलविद्युत् कम्पनी रु दुई करोड ७२ लाख ३३ हजार एक सय ६५ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।
नेप्सेका अनुसार आर्दश लघुवित्त, मैलुङ हाइड्रोपावरको शेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले उकालो लाग्दा कालिञ्चोक दर्शन लिमिटेड नौ दशमलव ९८, तारागाउँ रिजेन्सी होटल सात दशमलव ४३ र धौलागिरी लघुवित्तको शेयर मूल्य पाँच दशमलब ६४ प्रतिशतले घटेको छ ।
त्यस्तै, एशियन हाइड्रोपावर सात दशमलव ८३, सगरमाथा जलविद्युत् कम्पनी छ दशमलव ७६, आरबीबी म्युचुअल फण्ड एक पाँच दशमलव १३, माहुली लघुवित्त चार दशमलव ५९ र गरिमा विकास लघुवित्तको शेयर मूल्य चार दशमलब ४२ प्रतिशतले घटेको छ ।

 

प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८०  १६:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार