नेपाल शिक्षक सङ्घको केन्द्रीय अध्यक्षमा संस्थापन इतरका सोमनाथ गिरि निर्वाचित

शुक्रबार, वैशाख १, २०८०

काठमाडौँ । नेपाली कांग्रेस निकट नेपाल शिक्षक सङ्घको केन्द्रीय अध्यक्षमा सोमनाथ गिरी निर्वाचित भएका छन् । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल शिक्षक संघको  अध्यक्षमा सोमनाथ गिरी निर्वाचित भएका छन् । संघको नवौं अधिबेसनबाट गिरीले अर्का प्रतिस्पर्धी गोकर्ण बहादुर बानियाँलाई पराजित गरेका हुन् ।
पार्टीको संस्थापनइतर निकट गिरीले संस्थापन पक्षका बानियाँलाई हराएका हुन् । जम्मा खसेको ६०७ मतमा गिरीले ३०५ मत प्राप्त गरी गिरि निर्वाचित भएका हुन् । अध्यक्षका अर्का उम्मेदवार बानियाँले २९८ मत पाएका थिए । नवनिर्वाचित कार्यसमितिको अधिकांश पदमा शेखर–गगन पक्षका उम्मेदवारले जित निकालेका छन् ।
पदाधिकारीमा महिला उपाध्यक्ष र महासचिव बाहेकका पद संस्थापनइतर पक्षका उम्मेदवार निर्वाचित भएका छन् । संस्थापन पक्षबाट महिला उपाध्यक्षमा धनकला भण्डारी र महासचिवमा ज्ञानेन्द्र बहादुर रावल निर्वाचित भएका छन् ।
वरिष्ठ उपाध्यक्षमा इलमबहादुर शाही, महिला उपाध्यक्षमा धना भण्डारी, कोशी प्रदेश उपाध्यक्षमा वीरेन्द्रकुमार खड्का, मधेश प्रदेश उपाध्यक्षमा छोटेलालप्रसाद साह, बागमती प्रदेश उपाध्यक्षमा सुन्दर पन्त, गण्डकी प्रदेश उपाध्यक्षमा लक्ष्मीप्रसाद रेग्मी, लुम्बिनी उपाध्यक्षमा प्रेमप्रसाद भण्डारी, कर्णाली उपाध्यक्षमा भगवती श्रेष्ठ र सुदूरपश्चिम उपाध्यक्षमा खड्कबहादुर खड्का विजयी भएका छन् । महासचिवमा ज्ञानेन्द्रबहादुर रावल, महासचिव अर्थमा निर्मला कोइराला, उपमहासचिवमा नारायणप्रसाद तिमल्सिना, उपमहासचिव महिलामा गीता शिवाकोटी, उपमहासचिव अर्थमा प्रेमप्रसाद पौडेल, उपमहामहासचिव मधेशमा तीर्थराजप्रसाद यादव, उपमहासचिव समावेशीमा सीतादेवी थापा र उपमहासचिव कर्णालीमा कालीबहादुर शाही विजयी भएका छन् ।
शिक्षक सङ्घबाट कांग्रेसको महाधिवेशनमा भाग लिन जाने प्रतिनिधि पनि चयन गरिएको छ । शिक्षक सङ्घबाट कांग्रेसको महाधिवेशन प्रतिनिधि बन्नका लागि भएको निर्वाचनमा निवर्तमान अध्यक्ष राजेन्द्रराज पौडेल, लक्ष्मीकिशोर सुवेदी, लक्ष्मणदत्त भट्ट, यमपी भुसाल, पद्मिनी थापा र सीता गैह्रे निर्वाचित भएका छन् ।

 

प्रकाशित मिति: शुक्रबार, वैशाख १, २०८०  २१:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार