सोसल मिडिया
Contact Us
युनिकोड
कलैया, ७ माघ । केही दिनदेखि चलिरहेको शीतलहरले गर्दा अत्याधिक जाडो बढन थालेपछि यहाँका जनजीवन प्रभावित बनेको छ । गत पुस १८ गतेदेखि एक्कासि शीतलहर चल्न थालेपछि जाडो बढन गई बालबालिका, वृद्धवृद्धा असहाय, गरिब विपन्न र श्रमिकलाई जीवनयापन गर्न निकै कठिनाइ भइरहेको छ । मजदूरी गर्ने बाहेकका मान्छे जाडोका कारण अति आवश्यक कामबाहेक घरबाट बाहिर ननिस्कँदा हाटबजार, सरकारी कार्यालय, यतायात समेतमा चलहपहल कम देखिएको छ । यही माघ १५ गतेसम्म विद्यालय कोभिडका कारण बन्द हुने जनाइएको छ । त्यसैगरी मधेस प्रदेशको नामाकरण भएको खुसीयालीमा प्रदेश सरकारले दुई दिन बिदा दिएको हँुदा पनि कर्मचारी जडोबाट केही राहत महसुस गरेका छन् । अत्यधिक जाडो बढेपछि सर्वसधारणले ठाउँठाउँमा आगो बालेर जाडो छल्ने गरेका छन् भने जिल्लाको १६स्थानीय तहमा रहेको विपद व्यवस्थापन समितिले न्यानो कपडा कम्बल वितरण गर्दै ठाउँ ठाउँमा आगो ताप्ने प्रबन्धसमेत मिलाएको सिम्रौनगढ नगरपालिकाका प्रमुख विजयशङ्कर यादवले जानकारी दिए । अहिलेसम्म जाडोका कारण जिल्लामा मानवीय क्षति नभएको प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिए ।
सर्लाहीमा जलेर एक वृद्धाको मृत्यु सर्लाहीको गोडैता नगरपालिकामा आगोबाट जलेर एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोडैता नगरपालिका–११ की ७५ वर्षीय देवकली साहदेवी रहेको छ । अत्यधिक जाडोका कारण गएराति आफ्नै घरमा घुर बालेर ताप्ने क्रममा उनले लगाएको कपडामा आगो सल्किन गई जलेर गम्भीर घाइते भएकी देवकलीको जिल्ला अस्पताल मलङ्गवामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक सुरेश ठाकुरले जानकारी दिए । जाडोबाट बच्न असावधानीकपूर्वक बाल्ने आगोका कारण सर्लाहीमा केही दिनयता आगलागीका घटनामा वृद्धी भएको छ । यसअघि यसैवर्ष आगलागीबाट जलेर तीन जनाको मृत्यु भएको थियो ।