उच्च अदालत पाटनका १३ न्यायाधीशलाई कोरोना

बिहीबार, माघ ६, २०७८

काठमाडौँ, ६ माघ । उच्च अदालत पाटनका १३ न्यायाधीश कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । अदालतका रजिष्टार ठगेन्द्र कट्टेलका अनुसार ५७ कर्मचारीमा समेत कोरोना सङ्क्रमण पुष्टि भएको छ । यस्तै सर्वोच्च अदालतमा एक न्यायाधीश र ३९ कर्मचारी कोरोनाबाट सङ्क्रमित भएका छन् । सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार देशभरिका अदालतमा न्यायाधीश र कर्मचारीसहित १५० भन्दा बढीलाई कोरोना सङ्क्रमण भएको छ ।
 

प्रकाशित मिति: बिहीबार, माघ ६, २०७८  १९:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार